खोटाङ
कालोपत्रेको काम थालिएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने खोटाङका विभिन्न सडकको काममा ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै नेकपा (माले) ले बिरोध जनाएको छ । ठेकेदार कम्पनीले सम्झौता मिति गुजार्दा पनि जिल्ला भित्र पर्ने मध्यपहाडी सडकखण्डमा पर्ने विभिन्न सडक कालोपत्रेका काम पूरा नगरेको र निर्माणाधीन सडक पनि गुणस्तरहीन भएको भन्दै नेकपा (माले) खोटाङले विरोध जनाएको हो ।
जिल्ला समन्वय समितिलाई मंगलबार ज्ञापनपत्र बुझाउँदै नेकपा (माले) ले दिक्तेल–हलेसी, जयराम–हलेसी र दिक्तेल–चखेवाभञ्ज्याङ सडक कालोपत्रेमा ठेकेदार कम्पनीले चरम ढिलासुस्ती गरेकाले कारबाही गर्न माग गरेको छ । डेढ वर्ष अघि नै कालोपत्रे भइसक्नु पर्ने दिक्तेल–हलेसी सडकमा ठेकेदारले अझै पनि ग्राभेलको काम समेत पूरा नगरेकाले विरोधमा उत्रनु परेको पूर्व सांसद एवं नेकपा (माले) का पोलिटब्यूरो सदस्य कुलप्रसाद फुयाँलले बताए ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया