विराटनगर

गोरे समूहले ३४ महिनामा तीन हजार सात सय ९९ किलो पाँच सय ५९ ग्राम सुन विमानस्थल हुँदै तस्करी गरेर ल्याएको खुलेको छ । "/>

यसरी गरियो ३४ महिनामा ३८ सय किलो सुन तस्करी

यसरी गरियो ३४ महिनामा ३८ सय किलो सुन तस्करी

केन्द्रबिन्दु
0
Shares

विराटनगर

गोरे समूहले ३४ महिनामा तीन हजार सात सय ९९ किलो पाँच सय ५९ ग्राम सुन विमानस्थल हुँदै तस्करी गरेर ल्याएको खुलेको छ । सन् २०१५ जुलाई देखि हाल सम्म उक्त परिणामको सुन तस्करी भएको अनुसन्धानबाट खुलेको हो।

अदालतमा अभियुक्तविरुद्ध मुद्दा दर्ता गर्दा यो कुरा पनि खुलाइएको छ । प्रचलित मूल्य अनुसार १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय १३ रुपैयाँ ९० पैसा बराबरको सुन तस्करी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अभियुक्तविरुद्ध यो बराबरको माग दाबी पनि गरिएको न्यायाधीवक्ता पुण्यप्रसाद पाठकले बताए । उनले घटनालाई लिएर अभियुक्त पिच्छे नै फरक फरक मागदाबी गरिएको जानकारी दिए ।

यता तस्करी गरिएको भनिएको साँढे ३३ किलो सुन भने अझै भेटिएको छैन । मुख्य प्रमाणका रुपमा पेश गर्नु पर्ने सुन नै नभेटिएपछि मुद्दाका लागि पर्याप्त प्रमाण नपुगेको दाबी कतिपय कानून व्यवसायीको छ । २०७४ साल माघ ९ गते विमानस्थलबाट तस्करी गरेर भित्र्याइएको साँढे ३३ किलो सुन लुकाएको आरोपमा करेन्ट लगाएर यातना दिने क्रममा मोरङको उर्लाबारी नगरपालिका ७ का सनम शाक्यको हत्या भएपछि पछिल्लो पटक भएको सुन तस्करीको घटना बाहिर आएको हो।
अन्नपूर्णबाट

Logo