काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री चढ्ने २ वटा कार काठमाडौं ल्याईएको छ । वैशाख २८ गते जनकपुर आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चढ्ने २ वटा बुलेटप्रुफ कार ल्याईएको हो । "/>

मोदी चढ्ने दुई ‘बुटेल प्रुफ’ कार नेपाल पुग्यो

मोदी चढ्ने दुई ‘बुटेल प्रुफ’ कार नेपाल पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री चढ्ने २ वटा कार काठमाडौं ल्याईएको छ । वैशाख २८ गते जनकपुर आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चढ्ने २ वटा बुलेटप्रुफ कार ल्याईएको हो । भारतीय वायु सेनाको कार्गो विमानबाट मंगलवार बिहान गाडी ल्याइएको हो।

प्रधानमन्त्री मोदी पटनाको बाटो हुँदै जनकपुर आउँदैछन्। प्रधानमन्त्री मोदीको सुरक्षाका लागि नेपाल आउँदा भारतबाट नै बुलेटप्रुफ गाडी ल्याउँदै आएको छ। ४१ सुरक्षाकर्मीसहित आएको भारतीय वायु सेनाको विमान गाडी उतारेर फर्किएको छ। मोदीका लागि बिएम डब्लु र ल्यान्डरोबर ल्याएको हो।

भारतीय अधिकारीसहित गाडी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उतारिएको हो । सोमबार मात्रै भारतीय बायु सेनाले जनकपुरमा आएर सुरक्षा अवलोकना गरेको थियो।

Skip This
Skip This
Logo