राजविराज

सप्तरी जिल्लामा व्यापक विद्युत चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियान अन्तर्गत १० जना पक्राउ परेका छन् । "/>

विद्युत चोरी गर्ने दश जना पक्राउ

विद्युत चोरी गर्ने दश जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

राजविराज

सप्तरी जिल्लामा व्यापक विद्युत चोरी भइरहेको भन्दै विद्युत चुहावट नियन्त्रण गर्ने अभियान अन्तर्गत १० जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न ठाउँबाट १० जनालाई पक्राउ गरेको केन्द्रका प्रमुख चन्देश्वर साहले बताए । पक्राउ परेका उनीहरुको साथबाट पाँच थान मोटर, दुई थान पंखा एक थान टिभी र दुई थान विद्युत मिटर बरामद गरिएको प्रमुख साहले जानकारी दिए ।

पक्राउ परेका माथि विद्युत ऐन अनुसार पाँच हजारका दरले जरिवाना तिराएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । केही दिनयता विद्युत चोरी हुन थालेपछि नेपाल विद्युत प्राधिकरणले हुकिङ नियन्त्रण अभियानलाई तीव्रता दिएको बताइएको छ ।
गोरखापत्रबाट

Logo