पोखरा
यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात नचलेपछि सशस्त्रले निःशुल्क गाडी सुविधा उपलब्ध गराएको छ । सर्वसाधारणको हितका लागि पर्यटकीय नगरी पोखरामा सशस्त्र प्रहरी बल कालिकागण, मालेपाटनले बा १ ग १८४३ नम्बरको गाडी सडकमा निकालेको हो । सो गाडीमा ब्यानर नै टाँगेर रुटसहित ‘निःशुल्क बस सेवा’ लेखिएको छ ।
गणका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर थापाले सर्वसाधारणको हितका लागि यसरी सुविधा उपलब्ध गराएको बताए । उनले आवश्यकता अनुसार आगामी दिनमा पनि निःशुल्क सुविधा दिने जानकारी दिए ।
उनका अनुसार सो गाडी जिरो किमी देखि सुरु भई नयाँ बजार, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक, हल्लनचोक, राष्ट्रबैंक चोक, मुस्ताङचोक, पृथ्वीचोक रुटमा चलेको हो । जसबाट करिब ३ सय जना यात्रुले निःशुल्क सुविधा लिएका छन् । सरकार र यातायात व्यवसायीको रस्साकस्सीका कारण निम्न वर्गीय सर्वसाधारण मारमा परेका हुन् । यातायात व्यवसायीको सिन्डिकेट तोड्न कडा रूपमा सरकार प्रस्तुत हुँदा पोखराका यातायात व्यवसायी पनि सवारीसाधन ग्यारेजमा थन्क्याएर सरकारलाई घुँडा टेकाउने दाउमा छन् ।
राजधानीबाट





























प्रतिक्रिया