काठमाडौँ
यातायात क्षेत्रमा खर्बौ रुपैयाँ लगानी गरेका बस व्यवसायीहरुले आम्दानी बापतको आयकर तिर्नबाट वर्षौ देखि उन्मुक्ति पाउँदै आएका छन्।
व्यवसायीहरुले यातायात क्षेत्रमा १० खर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको बताउँदै आएका छन् । तर उनीहरूले यो लगानीबाट भएको आम्दानीबापत एक रुपैयाँ पनि कर राज्यलाई तिर्नु परेको छैन । बस व्यवसायीहरुले अहिलेसम्म नाम मात्रको सवारी कर, नवीकरण शुल्क लगायत केही रकम बुझाए पनि लगानीबाट भएको अर्बौ रुपैयाँ नाफाको राजस्व तिर्नबाट उन्मुक्ति पाउँदै आएका छन् ।
नवीकरण र अन्य केही शुल्क बाहेक क्षमता र अन्य सुविधा हेरेर एउटा बसधनीले सवारी करबापत वार्षिक २० देखि ५० हजार रुपैयाँ तिरे पुग्छ । यसमा पनि विद्यार्थी, अपांगता र ज्येष्ठ नागरिकलाई छुट दिएको भन्दै सरकारले व्यवसायीलाई ४५ प्रतिशत छुट दिएको छ ।
मुलुकमा अर्बौ रुपैयाँ लगानी गर्ने उद्योगी व्यवसायीले नाफाको २५ प्रतिशत आयकर राज्यलाई तिर्नु पर्ने व्यवस्था छ । तर खर्बौ लगानी गरेका वस व्यवसायीहरुले भने एक रुपैयाँ पनि आयकर तिर्नु परेको छैन । सरकारले उनीहरुलाई नाफा घाटा जे भए पनि वार्षिक रुपमा एकपटक केही रकम लिएर अन्य करमा उन्मुक्ति दिँदै आएको छ ।
वस व्यवसायीहरुले विभिन्न नामका समिति गठन गर्ने र तिनै समिति मार्फत सेवा सञ्चालन गर्दै आएका छन् । वस व्यवसायीहरु समितिमा आबद्ध भए पनि उनीहरूले व्यक्तिगत रुपमा आआफ्ना बस चलाउँदै आएका छन् । नाफा र घाटा पनि व्यक्तिगत रुपमै हुने गरेको छ । तर राज्यलाई कर छल्न उनीहरूले समितिलाई देखाउने गरेका छन् ।
कम्पनी खोलेर यातायात व्यवसाय संचालन गर्ने हो भने नाफाको कम्तीमा २५ प्रतिशत आयकर तिर्नुपर्ने हुन्छ । अहिले बस व्यवसायीको विरोधको भित्री खेल भनेकै आयकरबाट उन्मुक्ति पाउनु हो।
नागरिकबाट































प्रतिक्रिया