काठमाडौँ
सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणको औपचारिक घोषणा गरेको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा मोदीले वैशाख २८ र २९ गते नेपालको भ्रमण गर्ने जनाएको हो । मोदीलाई सैनिक मञ्च टुँडीखेलमा गार्ड अफ अनरले सम्मान गरिने विज्ञप्तिमा जनाइएको छ ।
नेपाल भ्रमणका बेला भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग शिष्टाचार भेट गर्नेछन् । नेपाल आएकै दिन दुई देशका प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता समेत हुने बताइएको छ । यस्तै भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले संयुक्तरुपमा अरुण तेस्रो जलविद्युत परियोजनाको शिलान्यास गर्ने जनाइएको छ । परराष्ट्रका अनुसार नेपाल बसाइका बेला भारतीय प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गर्नेछन् ।
नागरिकबाट





























प्रतिक्रिया