धरान

प्रहरीले धरानबाट यातायात व्यवसायीलाई पक्राउ गरे लगत्तै यातायात व्यवसायी र मजदुरले वडा प्रहरी कार्यालय धरानमा घेराउ गर्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाराबाजी गरेका छन् । "/>

प्रहरीले नेता थुनेपछि प्रधानमन्त्री विरुद्ध व्यवसायीको नाराबाजी

प्रहरीले नेता थुनेपछि प्रधानमन्त्री विरुद्ध व्यवसायीको नाराबाजी

केन्द्रबिन्दु
0
Shares

धरान

प्रहरीले धरानबाट यातायात व्यवसायीलाई पक्राउ गरे लगत्तै यातायात व्यवसायी र मजदुरले वडा प्रहरी कार्यालय धरानमा घेराउ गर्दै प्रधानमन्त्री केपी ओली विरुद्ध नाराबाजी गरेका छन् ।

सयौंको संख्यामा उपस्थित भएका यातायात व्यवसायीले केपी ओली मुर्दावाद, ढिंडो खानेलाई होइन, सुन खानेलाई पक्राउ गर, प्रहरी दमन बन्द गर लगायतका नारा लगाएका थिए । यातायात व्यवसायी श्याम कट्टेलले पक्राउ परेका सहकर्मीलाई तत्काल रिहा नगरे आन्दोलनलाई अझ शसक्त बनाउने चेतावनी दिए ।

प्रहरीले धरानबाट अहिले सम्म नौ जना व्यवसायीलाई पक्राउ गरेको छ । सरकारले खारेज गरेको यातायात सिण्डिकेटको विरोध गर्दै सार्वजनिक सवारी साधन बन्द गर्ने नौ जना व्यवसायी धरानबाट पक्राउ परेका हुन् । गृहमन्त्री रामबहादुर थापाले गाडी बन्द गर्ने व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिए लगत्तै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।
अन्नपूर्णबाट

Logo