चितवन

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा शासकहरु नभएर जनता शक्तिशाली हुने बताएका छन् । "/>

लोकतन्त्रमा जनता शक्तिशाली : प्रम ओली

लोकतन्त्रमा जनता शक्तिशाली : प्रम ओली

केन्द्रबिन्दु
0
Shares

चितवन

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा शासकहरु नभएर जनता शक्तिशाली हुने बताएका छन् । नयाँकिरण मावि भरतपुरको स्वर्ण महोत्सव समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले तानाशाही व्यवस्थामा मात्र शासक शक्तिशाली हुने बताए ।

प्रधानमन्त्री ओलीले भने, “प्रधानमन्त्री शक्तिशाली भयो भनेर धेरैले हल्ला गरेको तपाईंहरुले सुन्दै आउनु भएको छ । त्यस मान्यतालाई म मान्दै मान्दिन । शासकहरु शक्तिशाली हुन्छन् तानाशाहीमा, जनता शक्तिशाली हुन्छन् लोकतन्त्रमा ।” अहिले नेपाली जनता शक्तिशाली भएको बताउँदै उनले भने, “अहिले तपाईंहरु शक्तिशाली हुनु भएको छ । प्रधानमन्त्री शक्तिशाली हुने होइन ।”

शासनमा पुगेपछि शासनबाट नझर्नका लागि कहिल्यै पनि तानाशाहले आफू जोगिनका लागि वरिपरि किल्ला लगाउने उल्लेख गर्दै उनले भने, “पहिले पहिले दरबारमा किल्ला लगाउँथे, अहिले जहाँतहीँ गुटबन्दीले मान्छेको किल्ला लगाउँछन् ।” किल्ला लगाएर आफू सुरक्षित हुने खालको तरिका गलत भएको उनले बताए ।

अब नेपालका उद्योग बेचेर खाने नभएर स्थापना गरेर उद्योग चलाएर रोजगारीको अवसर सिर्जना गर्नुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले भने, “युवा विदेशिए भनेर गीत गाएर हुँदैन, अब केही वर्षभित्र विदेश जाने अवस्था सिर्जना नहोस् भनेर यहीं रोजगारीको सिर्जना गर्छौं ।” कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रके पाण्डेले विद्यालयको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
रासस

Skip This
Skip This
Logo