काठमाडौँ

सरकारले आक्रमक भएर सिन्डिकेट विरुद्ध अभियान चालेपछि आन्दोलनरत यातायात व्यवसायीहरु पछि हटेका छन् । "/>

सरकारका सामु यातायात व्यवसायीको केहि लागेन, आजैबाट यातायात सुचारु हुने !

सरकारका सामु यातायात व्यवसायीको केहि लागेन, आजैबाट यातायात सुचारु हुने !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले आक्रमक भएर सिन्डिकेट विरुद्ध अभियान चालेपछि आन्दोलनरत यातायात व्यवसायीहरु पछि हटेका छन् ।सिन्डिकेटको पक्ष लिएर देशभर गाडी थन्क्याएका व्यवसायी माथि सरकारले धरपकड र हस्तक्षेप बढाएपछि उनीहरु शनिबारबाटै यातायात सञ्चालन गर्ने निचोडमा पुगेका हुन् ।

यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले आजबाटै देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका छन् ।यातायात व्यवसायी महासंघ संयुक्त आन्दोलन मूल समितिका संयोजक योगेन्द्रनाथ कर्माचार्यले शनिबारबाटै देशभरको यातायात सुचारु गर्न सम्पुर्ण समितिहरुलाई आह्वान गरेका हुन् ।

कर्माचार्यले शनिबारको मितिमा शुक्रबार नै विज्ञप्ती निकालेर देशभर गाडीहरु ग्यारेजमा थन्क्याई उत्रिएको आन्दोलनमा साथ दिएको भन्दै यात्रु र सर्वसाधारणलाई पनि धन्यवाद दिइएको छ । यातायात बन्दबाट प्रभावित भएका सर्वसाधारणसँग हामी क्षमायाचना गर्छौँ’, विज्ञप्तिमा भनिएको छ , ‘आन्दोलनका क्रममा पक्राउ परेका हाम्रा महासचिव पुण्यप्रसाद सिटौला (सरोज), कोषाध्यक्ष डम्बर पन्तसहितका पदाधिकारी, व्यवसायी, मजदुर र कर्मचारीलाई विनाशर्त रिहा गर्न पनि माग गर्दछौँ ।’
अन्नपूर्णबाट

Skip This
Skip This
Logo