प्रचण्डको चेतावनीः पदको पछि हिँडे पछुताउनुपर्ला (भिडियोसहित)

प्रचण्डको चेतावनीः पदको पछि हिँडे पछुताउनुपर्ला (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ठ एकतामा ढिलाई गरे मुलुक अराजकताको भुमरिमा पर्ने खतरा रहेको बताएका छन् ।

शुक्रबार राजधानी काठमाण्डौमा आयोजित कार्लमाक्र्सको जन्म द्धिशतवार्षिकी समारोहलाई सम्बोधन गर्दे उनले मुलुक, जनता र इतिहासको नया आवश्यकतालाई आत्मसाथ गर्न नसक्ने हो भने प्राप्त उपलब्धि गुम्न खतरा रहेको बताएका हुन् ।

एकता नभए मुलुक फेरी ७० बर्ष पछाडि धकेलिने र अराजकताको भुमरिमा पर्ने उनको तर्क थियो । एक जना विद्धानले केही समय पछि नेपालको अस्तित्व नै खतरामा पर्न सक्ने बताएको उल्लेख गर्दे उनले मुलुकको रक्षा गर्दे आर्दश र स्वर्णीम समाजको परिकल्पना लाई साकार पार्न सबै नेताले क्रमभंगतालाई स्वीकार्नु पर्नेमा जोड दिए ।

 

Logo