काठमाडौँ

सरकारले एकतर्फी रुपमा निर्देशिका ल्याएर आफूहरुको व्यवसाय नै संकटमा पार्न खोजेको गुनासो गरिरहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस बन्द गराएका छन् । "/>

लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनहरु विहीबार साँझबाटै ठप्प

लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनहरु विहीबार साँझबाटै ठप्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले एकतर्फी रुपमा निर्देशिका ल्याएर आफूहरुको व्यवसाय नै संकटमा पार्न खोजेको गुनासो गरिरहेका यातायात व्यवसायीले बिहीबार मध्यान्हबाट लामो दूरीका लागि छुट्ने बस बन्द गराएका छन् । यातायात क्षेत्रमा भइरहेको सिन्डिकेट तोड्न भन्दै सरकारले ल्याएको निर्देशिकाको सर्वसाधारणले स्वागत गरे पनि व्यवसायीले भने विरोध गरेका छन् ।

जसका कारण व्यवसायीलाई सिन्डिकेट लाद्न खोजेको आरोप लागिरहेको छ । यसैबिच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोषणा गरेको आन्दोलन अनुरुप लामो दूरीका बस रोकेको हो । महासंघले आज सांकेतिक रुपमा देशभर सबै सार्वजनिक यातायात सेवा ठप्प पार्ने कार्यक्रम घोषणा गरेको छ । महासंघका अनुसार मध्यान्ह भन्दा पछि छुट्ने सवारी आज सडकमै भेटिने भएकाले हिजैबाट गाडी बन्द गरेको आन्दोलनकर्ताहरुले बताएका छन् । शुक्रबार विहानै देखि सार्वजनिक सवारीसाधनहरु नचल्दा सर्वसाधारण समस्यामा परेका छन् ।
नेपाल समाचारपत्रबाट

Logo