सिन्धुपाल्चोक
मेलम्ची पानी छिट्टै सुन्दरीजल झर्ने सुनिश्चित देखिएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकामा पाइपलाइन विस्तारको कामलाई तीव्र बनाएको छ । नयाँ पाइपलाइन सञ्जाल विस्तार अन्तिम चरणमा पुग्नुका साथै पूरानो पाइपलाइन समेत काम गर्ने हालतमा रहेकाले जति छिटो मेलम्ची सुन्दरीजल झर्छ उति नै चाँडो उपत्यकावासीको घर–घरमा रहेको धाराबाट पानी वितरण हुने देखिएको छ ।
मेलम्ची आयोजनाको मुख्य संरचना २६ किलोमिटर लामो सुरुङमार्ग ‘ब्रेक थ्रु’ भएपछि सरकार उपत्यकावासीलाई आगामी दसैंमा उपहारस्वरुप मेलम्चीको पानी खुवाउने तयारीमा छ। ‘मेलम्चीको पानी सुन्दरीजल झर्नासाथ हामी उपत्यकावासीलाई पानी खुवाउन सक्छौं,’ लिमिटेडका महाप्रबन्धक महेश भट्टराईले भने ।
उनका अनुसार पाइपलाइन विस्तार र रिजर्भ भ्वायर ( पानी संकलन ट्यांंकी) बनाउने जिम्मेवारी पाएको आयोजना कार्यान्वयन निर्देशनालयले कामलाई अन्तिम चरणमा पुर्याएको छ । सात सय किमि भन्दा बढी नयाँ पाइपलाइन सञ्जाल विस्तार गर्नु पर्नेमा झन्डै सात सय किमि पाइप बिछ्याउने काम भइसकेको उनले बताए ।
नागरिकबाट





























प्रतिक्रिया