जुम्ला

चन्दननाथ नगरपालिका–५ का ज्ञानबहादुर विकको परिवारलाई हरेक दिन बेलुका सुतिसकेपछि भोलि बिहानको काम भन्दा पहिले शौचको चिन्ताले सताउँछ । "/>

६० घरको एउटै शौचालय, शौचका लागि घण्टौँ लाइनमा स्थानीय !

६० घरको एउटै शौचालय, शौचका लागि घण्टौँ लाइनमा स्थानीय !

केन्द्रबिन्दु
0
Shares

जुम्ला

चन्दननाथ नगरपालिका–५ का ज्ञानबहादुर विकको परिवारलाई हरेक दिन बेलुका सुतिसकेपछि भोलि बिहानको काम भन्दा पहिले शौचको चिन्ताले सताउँछ । ‘किनकी घरमा शौचालय छैन, खुल्ला शौच गर्न पाइँदैन । टोलमा भएको एउटै शौचालयमा जो पहिले पुग्यो, त्यसैले शौच गर्न पाँउछ’, उनले भने, ‘शौच गर्न बिहानै उठ्नु पर्छ, आफुलाई शौच लागेको बेला शौचालयमा हुल हुन्छ, घरमा शौचालय बनाउने जग्गा पनि छैन ।’

ज्ञानबहादुर जस्तै जिल्ला सदरमुकामस्थित कालेखोली टोलका ६० घरपरिवारले धेरै बर्षौं देखि एउटै शौचालय प्रयोग गर्दै आएका छन् । सबै टोलबासीले एउटै शौचालय प्रयोग गर्दा घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता रहेको चन्द्रलाल सुनारले बताए । दलित समुदायको बाहुल्य रहेको उक्त टोलका स्थानीयले एउटै सार्वजनिक शौचालय प्रयोग गर्दै आएपछि यस्तो समस्या भोग्नु परेको हो । साँघुरो बस्तीमा गुजुक्कै परेर घरैघर जोडिएको कालेखोली टोलका दलित समुदायसँग शौचालय बनाउने जग्गा नभएपछि नगरपालिकाले बनाइदिएको सार्वजनिक शौचालय प्रयोग गर्न उनीहरु बाध्य भएका हुन् ।

‘शौचालय निर्माणका लागि हामीसँग घर लगाएको जग्गा बाहेक छैन । सार्वजनिक शौचालयमा हुल गरेर शौच गर्न लाज लाग्छ, तर बाध्यता छ । आफ्नै घरमा शौचालय बनाएर आरामले शौच गर्ने कसलाई चाहाना हुन्न’ स्थानीय हजमला विकले भनिन्, ‘समुदायमा शौचालय नभएको थाहा पाउँदा पाउँदै जिल्लालाई किन खुला दिसा, पिसाबमुक्त घोषणा गरियो ? हाम्रो समुदायको यो समस्या कसले सुन्छ ?’
अन्नपूर्णबाट

Logo