काठमाडौँ

थाइल्याण्डका सेना प्रमुख जनरल तार्नचाइयान सिशुवान चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । "/>

थाईल्याण्डका सेना प्रमुख बुधबार काठमाडौंमा

थाईल्याण्डका सेना प्रमुख बुधबार काठमाडौंमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

थाइल्याण्डका सेना प्रमुख जनरल तार्नचाइयान सिशुवान चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा बुधबार काठमाडौं आइपुगेका सिशुवानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए । सिशुवानले टुंडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेर भ्रमणको सुरुवात गरेका छन् । त्यस लगत्तै उनलाई जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

उनले बुधबारै प्रधानसेनापति क्षत्रीसँग जंगी अड्डामा भेट गरी द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल गरेका छन् । त्यसक्रममा उनलाई जंगी अड्डामा आयोजित छुट्टै कार्यक्रममा नेपाली सेना सम्बन्धी विविध विषयमा प्रस्तुतिकरण गरिएको थियोे । नेपाल भ्रमणका क्रममा उनले पोखरा, लुम्बिनी लगायत अन्य केही पर्यटकीय स्थलको भ्रमण गर्नुको साथै पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
नागरिकबाट

Logo