विराटनगर

पूर्वका लागि तेस्रो देशबाट आयात गरिएका वस्तु भारतको कोलकाता बन्दरगाह हुँदै वथनाहा सम्म ल्याउन रेलमार्ग खुला भएको छ । "/>

पूर्वका लागि मालबाहक रेल खुला : ढुवानी ४० प्रतिशत सस्तो

पूर्वका लागि मालबाहक रेल खुला : ढुवानी ४० प्रतिशत सस्तो

केन्द्रबिन्दु
0
Shares

विराटनगर

पूर्वका लागि तेस्रो देशबाट आयात गरिएका वस्तु भारतको कोलकाता बन्दरगाह हुँदै वथनाहा सम्म ल्याउन रेलमार्ग खुला भएको छ । आइतबार बिहान पहिलोपटक कोलकाता बन्दरगाहबाट ५८ र्‍याक नेपाली सामान सहितको रेल नेपालको सीमावर्ती भारतको वथनाहा आइपुगेको छ । पूर्वसँग मालबाहक रेलमार्ग जोडिएसँगै मोरङ, सुनसरी लगायत प्रदेश १ का विभिन्न जिल्लाका उद्योगी, व्यवसायीलाई राहत पुगेको छ ।

रेलमार्गबाट आयात गर्दा स्थलमार्गको तुलनामा ढुवानी लागत ४० प्रतिशत कम पर्ने नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अविनाश बोहोराले बताए । उनका अनुसार स्थलमार्गबाट आयात गर्दा कोलकाता देखि विराटनगर सम्म सामान ढुवानी गर्न हाल ६ रुपैयाँ प्रतिकेजी भाडाबापत खर्च भइरहेको छ । त्यही सामान रेलमार्गबाट ल्याउँदा प्रतिकेजी दुई रुपैयाँ सस्तो पर्न जान्छ । हाल वथनाहा नजिकको मिरगञ्ज खोलाको पुल भासिएका कारण भन्टाबारीबाट घुमाएर ट्रक तथा कन्टेनरबाट सामान विराटनगर भन्सार सम्म ल्याउनु परिरहेको छ ।

रेलमार्गबाट ल्याइएका सामान पनि पुनः ट्रक तथा कन्टेनरमा लोड गरेर ल्याउनु पर्ने बाध्यताका कारण रेलमार्गको वास्तविक लाभबाट पूर्वका व्यवसायी वञ्चित भएका छन् । उनले भने, ‘रेलबाट जोगवनी नाका हुँदै सामान ल्याउँदा ढुवानीमा प्रतिकिलो दुई रुपैयाँ लागत घट्ने भए पनि भन्टाबारीबाट घुमाएर ल्याउनुपर्दा प्रतिकिलो डेढ रुपैयाँ मात्रै सस्तो पर्ने देखिन्छ ।’ यदि विराटनगरमा निर्माणाधीन आइसिपीसम्म रेलमार्ग जोडिने हो भने यहाँका उद्योगी व्यापारीले धेरै लाभ पाउन सक्नेछन् ।
नागरिकबाट

Logo