काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमहावीर पुनले आर्थिक विपन्नताका कारण नेपालीहरुले दुःख पाएको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले आर्थिक विपन्नताले रोजगारी सिर्जना, बाटो, अस्पताल र विद्यालय निर्माण र सञ्चालनमा समस्या आएको भन्दै नेपालीहरुले पनि दुःखपाएको बताए ।
उनले भने, ‘आर्थिक विपन्नताले गर्दा देशविकास हुदैँन्, रोजगारी हुदैँन्, बाटोहरु राम्रो बन्दैन्, अस्पतालहरु राम्रो बन्दैन्, राम्रो सेवा पाइदैँन्, विद्यालयहरुलाई सञ्चालन गर्न सकिदैँन्। यस्ता धेरै कुराहरुआर्थिक विपन्नताले हुन्छ ? यसले गर्दानै नेपालीहरुले दुःख पाएको हो। आर्थिक विपन्नतालाई सम्पन्नतामा कसरी परिणत गर्न सक्छौ भन्ने कुरा बुझ्नको लागि इतिहास पनि हेर्नुपर्नेहुन्छ ।’
यस्तै, उनले नेपालमा केही गर्नुपर्यो भन ेपैसानै छैन भन्नेकुरा आफु शिक्षामन्त्री भएर मन्त्रालयमा जाँदा देखिरहेको र यो समस्या पहिले देखिनै विद्यमान रहेको बताए। नेपालमा नेपालीहरुले धेरै दुःख पाउनुको कारण पनि नेपालीहरु आफैँ भएको पनि उनको भनाई छ ।
उनले भने, ‘नेपालमा नेपालीहरुले धेरै दुःख पाएका छांै। कुनैकुनै नेपालीले सुख पाउनुभएको छ होला । तर अधिकांश नेपालीहरुले दुःख पाएका छन्। त्यसमा हामी नेपालीकै हात छ । नेपालीकै ढंग नपुगेर दुःखपाएको हो। व्यक्ति विशेष कुरा होईन्, सम्पूर्ण नेपाली समाजको ढंग पुगेन्।’
उनले देशमा खासगरि विज्ञान र प्रविधिको विकास नभएका कारण देशको प्रतिभाहरुले नेपालमा अवसर नपाएर विदेशिन बाध्य भएको पनि बताए। अर्थतन्त्र प्रविधिसँग जोडिएको हुन्छ प्रविधिको विकास नहुँदा अर्थतन्त्र पनि विकास हुन नसकेको उनको भनाई छ ।





























प्रतिक्रिया