मकवानपुर
भूकम्पबाट देशमै सबैभन्दा बढी प्रभावित प्रदेश नम्बर ३ का १३ जिल्लाका ५ लाख ९३ हजार ५ सय १६ मध्ये ३ लाख ६४ हजार ४ सय ७६ लाभग्राहीले मात्र आवास निर्माण सुरु गरेका छन् । जुन प्रदेशको कूल लाभग्राही मध्ये ६१ दशमलव ४० प्रतिशत मात्र हो । अनुदान सम्झौता गरेका ५ लाख ४९ हजार ४ सय ९७ मध्ये पनि ३३ दशमलव ६७ प्रतिशत अर्थात् १ लाख ८५ हजार २१ लाभग्राहीले आवास निर्माण सुरु नै गरेका छैनन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उपसचिव मनोहर घिमिरेले आवास पुनर्निर्माण अनुदान पाउन योग्य देशभरका ७ लाख ६७ हजार ७ सय ५ मध्ये प्रदेश ३ को १३ जिल्लाका ५ लाख ९३ हजार ५ सय १६ अर्थात् ७७ प्रतिशत रहेको बताए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वैशाख १२ गते सम्मको तथ्यांक अनुसार ५ लाख ३८ हजार १ सय ९७ लाभग्राहीले पहिलो किस्ता रकम लिए पनि ११ हजार ३ सय जनाले अझै लिएका छैनन् ।
सबैभन्दा बढी भूकम्पपीडित भएका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र नुवाकोटका सबैले पहिलो किस्ता लिए पनि दोलखा, मकवानपुर, चितवनका धेरै लाभग्राहीले लिएकै छैनन् । प्रदेशका ५ लाख ९३ हजार ५ सय १६ लाभग्राही मध्ये ५ लाख ४९ हजार ४ सय ९७ अर्थात् ९२ दशमलव ५८ प्रतिशत लाभग्राहीले मात्रै अनुदान सम्झौता गरेका छन् । आवश्यक कागजपत्र, जग्गा अभाव लगायतका कारण चितवन बाहेक १२ जिल्लाका लाभग्राही सूचीमा रहेका करिब ७ दशमलव ४२ प्रतिशत अर्थात् ४४ हजार १९ भूकम्पपीडितको अनुदान सम्झौतै हुन सकेको छैन ।
नागरिकबाट































प्रतिक्रिया