नेपाली कम्युनिस्ट पार्टीले एकता सन्देश सभा गर्दै

नेपाली कम्युनिस्ट पार्टीले एकता सन्देश सभा गर्दै

केन्द्रबिन्दु
87
Shares

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ’एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ। यो सभा बागमती, सम्पर्क समन्वय र विशेष प्रदेशका संयुक्त आयोजनामा हुन लागेको हो। आज पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको प्रदेश कार्यालयको बैठकले यो निर्णय गरेको हो ।

यो सभाले पार्टीको हालैको एकीकरण प्रयासलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ । नेकपा हालै दशौं वामपन्थी दल तथा समूहहरूको एकीकरणबाट गठित भएको हो, जसमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) प्रमुख घटकहरू छन्। पार्टीका संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालको नेतृत्वमा यो एकता प्रक्रिया अगाडि बढिरहेको छ ।

पार्टीले मंसिर महिनाभर नै देशव्यापी एकता सन्देश सभाहरू सञ्चालन गर्ने योजना बनाएको छ । सभाहरूले पार्टीको राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने र आगामी निर्वाचनतर्फको तयारीलाई तीव्रता दिने उद्देश्य राखेका छन्।

पार्टीको एकीकरण कात्तिक १९ मा औपचारिक रूपमा घोषणा भएको थियो, जसमा नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी, नेकपा (समाजवादी) लगायतका समूहहरू सामेल भएका थिए । यो एकताले नेकपालाई नेपालको प्रमुख वामपन्थी शक्ति बनाउने लक्ष्य बोकेको छ ।

Skip This
Skip This
Logo