महिलामैत्री सहर शीर्षकमा सामूहिक फोटो प्रदर्शनी हुँदै

महिलामैत्री सहर शीर्षकमा सामूहिक फोटो प्रदर्शनी हुँदै

केन्द्रबिन्दु
30
Shares

काठमाडौँ। सहरको भीडभाडमा दैनिकी बिताउन सजिलो पक्कै छैन । हिँड्न, डुल्न, खेल्न सास्ती खेप्नुपर्छ । यसमा महिला समुदायले भोग्ने सास्ती अरुको भन्दा अझै फरक र चुनौतिपूर्ण छ । सहर महिलाका लागि कति सजिलो वा चुनौतीपूर्ण छ भनेर बुझाउन फोटोग्राफरहरूले प्रर्दशनीमार्फत महसुस गराउने प्रयत्न गरेका छन् ।। ललितपुरस्थित एमक्युब ग्यालरीमा मङ्सिर २८ गते ‘महिलामैत्री सहर’ शीर्षकमा सामूहिक रूपमा फोटो प्रदर्शनी हुँदैछ ।

प्रदर्शनीमा महिलाका लागि सहर कति सुरक्षित, मर्यादित र मैत्रीपूर्ण छ भन्ने विषय केन्द्रित फोटो प्रदर्शनी हुन लागेको हो । फोटो प्रर्दशनीमा फोटोग्राफर अस्मिता सिग्देल, आस्था बाँस्तोला, हर्सल गुलाबचन्द्र, इलम श्रेष्ठ, जिनीशा अर्याल, कलसङ छोइदोन, श्रेया सिंह, श्रेष्ठ लिजन, सुजन प्रधान, अनिसा न्यौपाने, गौरव नेपाल, कुशुम पराजुली, मानसि सिंह, प्रसिद्ध पोखरेल, प्रक्षा विष्ट, रेविका कार्की, साक्षी शाक्य, सञ्जय थापा, सरिना बस्नेत, सुदिक्षा ढकाललगायत २० जनाले खिचेका तस्बिर अवलोकन गर्न पाइनेछ ।

ग्यालरीका प्रमुख मनिषलाल श्रेष्ठका अुसार पुस ५ गतेसम्म हुने प्रदर्शनीमा महिलाले भोग्नुपर्ने विभिन्न हिंसात्मक गतिविधिका मुद्दालाई व्यङ्ग्यात्मक शैलीमा उजागर गर्ने प्रर्दशनीको उद्देश्य हो । साथै, महिला र सहरको अन्तर सम्बन्धको अवस्था महसुस गराउन फोटो प्रदर्शनीले अहम भूमिका खेल्छ ।

Skip This
Skip This
Logo