काठमाडौं
संविधान संशोधनलाई मुख्य मुद्दा बनाउँदै आएका मधेसवादी दलहरू अहिले सम्म अलमलमा परेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएको ५ महिना पुग्दा समेत यी दलहरूले आफ्नो एजेन्डा स्पष्ट पार्न सकेका छैनन् जबकि संविधान संशोधन हुने आशा सहित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई मधेसवादी दलहरूले विश्वासको मत दिएका थिए । तर सरकार गठन भएको दुई महिना पुग्दा समेत संशोधनबारे कुनै औपचारिक÷अनौपचारिक छलफल हुन सकेको छैन ।
संघीय समाजवादी फोरम नेपालले त औपचारिक रूपमा नै सरकारमा जाने निर्णय नै गरेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बीचको वार्तापछि उपेन्द्र यादव सरकारमा सहभागी हुन तयार भएका थिए ।फोरमले त सरकारमा मात्र जाने होइन एमाले–माओवादी पार्टी एकतामा सामेल हुने गरी नै गृहकार्य अगाडि बढाएको थियो । तर प्रचण्ड र यादवको साँठगाँठ बनेको झस्का पसेपछि एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली हच्किएका थिए ।
प्रधानमन्त्री ओलीले विश्वास गर्न नसक्दा नै आफूहरू सरकारमा जाने बाटो रोकिएको फोरम नेताहरूको दाबी छ । ‘फोरम दुई मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा जान तयार छ, तर प्रधानमन्त्री ओलीले अहिले सम्म सरकारमा जाने वातावरण नै बनाउनुभएको छैन’, संघीय समाजवादी फोरमका एक नेताले भने– ‘सरकारमा जाने निर्णय गरेर बसेका छौं , प्रधानमन्त्रीले नै चाहना नगरेपछि कसरी जाने ?’ यद्यपि फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको सुनिश्चित नभए सम्म सरकारमा सहभागी नहुने अडान दोहो¥याएका छन् । संशोधनबारे खास गरी प्रम ओली मौन रहेकाले फोरम तत्काल सरकारमा जाने सम्भावना टरेको बताइँदै छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया