काठमाडौं

रेल मार्ग सञ्चालन गर्ने छलफलका लागि सरकारी उच्च टोली शनिबार चीन पुगेको छ । "/>

रेलमार्ग निर्माणबारे छलफल गर्न नेपाली टोली चीन पुग्यो

रेलमार्ग निर्माणबारे छलफल गर्न नेपाली टोली चीन पुग्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

रेल मार्ग सञ्चालन गर्ने छलफलका लागि सरकारी उच्च टोली शनिबार चीन पुगेको छ । केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गका विषयमा चीन सरकारसँग छलफल गर्न सात सदस्यीय नेपाली टोली चीन पुगेको हो । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसुदन अधिकारीको नेतृत्वमा नेपाली टोली चीन पुगेको हो ।

सो टोलीमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका प्राविधिक एंव रेल विभागका कर्मचारी सहभागी छन् । चीनबाट रेल ल्याउने प्रयास भइरहेकाले सो विषयमा पुनः छलफल गर्न नेपाली टोली चीन गएको सरकारले जनाएको छ । सञ्चार तथा सूचना राज्यमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भने, ‘सरकार जसरी भए पनि रेल ल्याउन चाहान्छ ।’ सोही कामलाई मूर्त रूप दिन पुनः छलफल गर्न नेपाली टोलीलाई चीन पठाइएको प्रवक्ता बाँस्कोटाले बताए ।

चीन भ्रमणका क्रममा विभिन्न समयमा सरकारी अधिकारीले रेल मार्ग निमार्णका विषयमा छलफल गर्दै आएका छन् । तर अहिले सम्म रेल आउने पक्का भने भएको छैन । हालै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेको चीन भ्रमणमा पनि रेलमार्ग निर्माणबारे छलफल भएको थियो । सो छलफलपछि चीनले रेलमार्गको डीपीआर निर्माण गरिदिने सहमति भएको थियो । त्यस्तै गत भदौमा पनि तत्कालीन परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा रहेका बेला रेलमार्ग निर्माण गर्ने विषयमा सहमति भएको थियो ।
राजधानीबाट

Logo