काठमाडौं
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई ठुलो धक्का लागेको छ । नेकपा सिन्धुपाल्चोकका जिल्ला ईन्चार्ज र सेक्रेटरी सहित २५ जना शनिबार देखि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । विप्लवका सिन्धुपाल्चोक जिल्ला ईन्चार्ज चिरण तामाङ हिमाल र जिल्ला सेक्रेटरी कमल माझी सहित २५ जना शनिबार पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा पुगेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनीहरुले विप्लवले क्रान्तिका कुरा गरेर पार्टीलाई अपराध र ध्वंशको बाटोमा लगेको आरोप सहित विज्ञप्ति पनि निकालेका छन् । हामी आवद्ध विप्लव नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंश तर्फ मात्र अगाडि बढेन कतिपय सामाजिक अपराधिक क्रियाकलापजन्य घटनाहरुलाई समेत क्रान्तिकारी कामको जामा पहिर्याएर अगाडि बढ्ने बाटो समात्न पुग्यो , उनीहरुले निकालेको विज्ञप्तिमा भनिएको छ, क्रान्तिको अतृप्त भोकको पछाडि दौडेर गन्तब्यहीन यात्रामा लाग्नु भएका सबै कमरेडहरुलाई समेत समाजवादी राष्ट्र निर्माणको यस महाअभियानमा सामेल हुन आब्हान गर्दछौं ।
अन्नपूर्णबाट





























प्रतिक्रिया