अहिले विज्ञानको युग छ । कतिपय कुराम वैज्ञानिक प्रमाण खोजिन्छ । तरपनि अन्धविश्वासको जरा उखेलिएको छैन ।  समाजमा अहिलेपनि भूत प्रेतको अन्धविश्वास व्याप्त छ । "/>

यस गाउँका पुरुषहरु यसकारण भाग्न बाध्य छन्, कस्तो अनौठो

यस गाउँका पुरुषहरु यसकारण भाग्न बाध्य छन्, कस्तो अनौठो

केन्द्रबिन्दु
0
Shares

अहिले विज्ञानको युग छ । कतिपय कुराम वैज्ञानिक प्रमाण खोजिन्छ । तरपनि अन्धविश्वासको जरा उखेलिएको छैन । समाजमा अहिलेपनि भूत प्रेतको अन्धविश्वास व्याप्त छ । यहाँ त्यस्तै गाउँको प्रसंग उल्लेख गरिएको छ, जहाँ चुडेलले सताउँछ भन्ने विश्वास गरिन्छ ।

जानकारी अनुसार त्यहाँ चुडेलले आतंक मच्याउने गर्छ । त्यहाँ एक चुडेल त यस्तो छ, जसले पुरुषलाई आफ्नो निसाना बनाउने गर्छिन् । चुडेलकै डरले त्यहाँका युवाहरुले गाउँ छाडेका छन् ।

यो घटना भारतको हो । भारतको तेलंगानास्थित कासीगुडा गाउँमा अहिले महिलाहरु मात्र छन् । त्यहाँ पुरुषको संख्या एकदमै कम छ । पुरुषहरु चुडेलको डरले गाउँ छाडेर भागेका हुन् । यसरी भाग्ने पुरुषहरु के भन्छन् भने त्यहाँ बसियो भने चुडेलले जिउदो राख्दैन ।

जानकारी अनुसार त्यस गाउँमा एकै परिवारका तीन पुरुषको हत्या भयो । उनीहरुको हत्या तीन महिनाभित्र भएको थियो । त्यसपछि त्यहाँ चुडेलको किस्सा व्यप्त छ । उक्त युवाहरुको चुडेलले गरेको अफवाह फैलिएको हो ।

Logo