विराटनगर

नेपालमा पटक पटक होचा मानिसहरूका तर्फबाट विश्व कीर्तिमानी राखिएको कुरा चर्चा हुने गरेको छ । "/>

विराटनगरकी कल्पना कविरथ नेपालकै होची भएको दाबी !

विराटनगरकी कल्पना कविरथ नेपालकै होची भएको दाबी !

केन्द्रबिन्दु
0
Shares

विराटनगर

नेपालमा पटक पटक होचा मानिसहरूका तर्फबाट विश्व कीर्तिमानी राखिएको कुरा चर्चा हुने गरेको छ । यसैक्रममा अहिले भने सुनसरीको प्रकाशपुरमा रहेको प्रकाशपुर डोबर इंग्लिस एकेडेमीमा कक्षा ९ मा अध्ययनरत १७ वर्षीया किशोरी कल्पना कविरथ सम्भवतः नेपालकै होची रहेको दाबी गरिएको छ । बराहक्षेत्र–९ प्रकाशपुरको जुँगेचौक स्थायी घर भएकी अल्पसंख्यक कविरथ समुदायकी किशोरी कल्पनाको उचार्इ २९ इन्च मात्र रहेको छ ।

कल्पना अध्ययनरत विद्यालयका शिक्षक तथा उनका आफन्त लक्ष्मण कविरथले उनको उचाइ २९ इन्च मात्र रहेको बताएका छन् । पढ्ने रहरका कारण पढाइलाई निरन्तरता दिँदै आएको कल्पना बताउँछिन । पढ्ने इच्छा भएको कारण विद्यालय आउन सहयोगी लिएर साइकलमा आउने गरेको उनले बताइन् । पढाइमा अब्बल रहेकी कल्पना होचो कद र परिवार सामान्य रहेका कारण विद्यालयले उनलाई निःशुल्क रूपमा पढाइरहेको विद्यालयका अध्यक्ष रवीन घिमिरेले जानकारी दिए ।
नेपाल समाचारपत्रबाट

 

 

Logo