प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ

प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन शाक्य पक्राउ परेका छन् ।

सीआईबीले बुधबार ललितपुर–११ बाट उनलाई पक्राउ गरेको हो । अनुसन्धानमा शाक्यले बैंकलाई एक अर्ब रुपैयाँभन्दा बढी हानी पुर्‍याएको देखिएको छ ।

ब्युरोका अनुसार उनी नियम विपरीत सुपर एजेन्टलाई अग्रिम रकम उपलब्ध गराउँदा बैंकलाई करिब नौ करोड रुपैयाँ क्षति पुगेको छ। यसअघि छानबिनका क्रममा शेरचनसहित बैंकका नायब सीईओ मणिराम पोखरेल र एक कर्जा अधिकृतलाई मंसिर १४ गते कार्यालयबाटै पक्राउ गरिएको थियाे । हाल उनीहरुमाथि म्याद थपेर अनुसन्धान भइरहेकाे छ ।

यो प्रकरणको सुरुवात प्रभु म्यानेजमेन्ट प्रालिकी अध्यक्ष कुसुम लामाले दिएको उजुरीबाट भएको हो, जसमा करिब ९८ करोड रुपैयाँको ठगी र १ अर्बभन्दा बढीको कर्जा दुरुपयोगको आरोप छ । यस उजुरीपछि बैंकका अध्यक्ष देवी प्रकाश भट्टचन पक्राउ परेका थिए, जसलाई पछि धरौटीमा रिहा गरियो । हालै, भट्टचनको रिहापछि बैंकका उच्च पदाधिकारीहरू, विशेषगरी सीईओ अनुसन्धानका लागि पक्राउ परेका छन् ।

Logo