१ सय ५३ देश सहभागी पर्यटन महाउत्सव सम्पन्न

१ सय ५३ देश सहभागी पर्यटन महाउत्सव सम्पन्न

केन्द्रबिन्दु
0
Shares

दुबई, अप्रिल २५— मध्य पूर्वको सबैभन्दा ठुलो पर्यटन मेला अरेबियन ट्राभल मार्टको रजत संस्करणमा नेपाल पर्यटन बोर्डको संयोजकत्वमा नेपाल वायुसेवा निगम र सात वटा निजि पर्यटन व्यवसायीहरुले उत्साहजनक सहभागिता जनाएका छन । रेसपोन्सिबल टुरिज्म को थिममा आयोजना गरिएको यस अन्तराष्ट्रिय पर्यटन महाउत्सव अप्रिल २२ मा शुरु भएर अप्रिल २५ मा समापन भएको थियो । महाउत्सवमा १५३ देशका २५०० भन्दा बढी पर्यटन व्यवसायीहरुका अत्यन्तै आर्कषक र लोभ लाग्दा स्टलहरु थिए । अयोजकका अनुसार ४०,००० भन्दा बढी पर्यटन र संबन्धित व्यवसायसंग सरोकार राख्ने आगन्तुकहरुले उक्त मेलाको भ्रमण गरेका थिए भने सहभागीहरुले करिब २.५ अर्ब डलर बराबरको कारोबार गर्ने संझौता गरेका छन ।

अरब मुलुकहरु खास गरि यू.ए.इ., ओमान, कुवेत, कतार, साउदी अरेयिबा आदी देशहरुबाट हरेक वर्ष करिब ४ करोडको संख्यामा पर्यटकहरु बाहिर जाने गर्दछन् । राम्रो आर्थिक बृद्धि, उदार हुदै गएको समाज र अनलाइन तथा डिजिटल सूचना प्रविधिका कारण केही वर्ष अगाडीसम्म औसत पर्यटन बजारको रुपमा हेरिएको मध्यपूर्वको स्रोत बजार पर्यटन गन्तव्यहरुका लागि ठुलो संभावना स्रोत बजारको रुपमा उदयीमान भइरहेको भन्दा अतिशयोक्ति नहोला । साथै यूरोप, अमेरिकाका धेरै पर्यटकीय गन्तव्यहरु घुमिसकेका नयाँ पुस्ताका लागि नेपालका प्राकृतिक र साँँस्कृतिक पर्यटन सम्पदाहरु अत्यन्तै आर्कषक छन भने पुराना पुस्ताका पर्यटकहरुका लागि पनि नेपालले अलि आरामदायी घुम्ने कार्यक्रम, अरबी भाषा बोल्ने पथप्रदर्शक र हलाल खानाको व्यस्था गर्न सकेमा ठुलो संख्यामा स्थानीय अरबमुलका पर्यटकहरु र मध्यपूर्बमा मध्यम र उच्च तहमा काम गर्ने बिदेशीहरुलाई नेपाल ल्याउन संभव रहेको कुरा नेपालबाट भाग लिने व्यवसायीहरु र मध्यपूर्बका विभिन्न देशमा पर्यटन व्यवसाय गर्ने धेरै ट्राभल एजेन्टहरुले व्यक्त गरे । साथै नेपालका साहसीक र आरामदायी पर्यटकीय प्याकेजहरु विशेष गरि अत्याधुनिक र सुविधा सम्पन्न होटल तथा रिसोर्टहरुमा यहाँका सौखिन र धनाढ्य पर्यटकहरुले अत्याधिक रुची देखाएका छन् ।

मनमोहक हिमाली श्रंखलाहरु, हावापानी र मध्यपूर्बका धेरै शहरहरुबाट काठमाडौ सिधा र छोटो समयको उडान सन् २०१२ मा साउदी अरबका राजकुमार तथा सन् २०१३ मा साउदी अरबकै राजा मोहारकले सगरमाथाको सफल आरोहण गरेपछि अरेबियन मुलका पर्यटकहरु नेपाल भ्रमणमा जान धेरै उत्सुक रहेको बताइन्छ ।

नेपाललाई प्रबर्धन गर्ने यस पर्यटन कार्यक्रममा बरिष्ठ निर्देशक काशीराज भण्डारी र प्रबन्धक सुमन घिमिरेले नेपाल पर्यटन बोर्डलाइ प्रतिनिधित्व गर्दै नेपालका विविध प्राकृतिक र साँस्कृतिक सम्पदाहरुका बारेमा संचारकर्मीहरु र पर्यटन व्यवसायीहरुसंग ब्यापक अन्र्तक्रिया गरेका थिए ।

 

Logo