काठमाडौं
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ । उपकरण खरिदमा भ्रष्ट्राचार गरेको आरोपमा अख्तियारले छानबिन अघि बढाएको हो ।
तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले नियुक्ति गरेका रौनियारले अस्पतालको भवन निर्माण, कर्मचारी भर्ना र विभिन्न उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोप लागेपछि अख्तियारले छानबिन थालेको हो ।
अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले एक दर्जन भन्दा बढी उजुरीका आधारमा रौनियार माथि छानबिन अगाडि बढाएको बताए । ‘उनी विरुद्ध धेरै उजुरी आएका छन्’ मैनालीले भने, ‘अधिकांश उजुरी उपकरण खरिदसँग जोडिएका छन् ।’ बयान लिने काम भइरहेकाले केही दिनमै भष्ट्राचार गरे वा नगरेको टुंगो लाग्ने उनले बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया