काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओली नेता भएकै कारण जेन्जी आन्दोलनपछि कसैले कोठा नदिएको बताएका छन् ।
केन्द्रबिन्दु टि.भि सँगको कुराकानीमा उनले जेन्जी आन्दोलनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीकोे निजी निवास जलेपछि उनलाई केहि दिनसम्म नेपाली सेनाले सुरक्षित राखिएको थियो । नेपाली सेनाबाट निस्किएर बस्नका लागि बासस्थान खोज्दा उनलाई बानेश्वर आसपासका क्षेत्रहरुमा कोठा खोज्दा नेता भएकै कारण कसैले कोठा नदिएको बताए ।
उनले ओलीलाई कतैबाट कोठा नदिए पछि आफ्नो जन्मथलो गुण्डु लगेर राखेको बताएका छन् । उनले जेन्जी आन्दोलनका कारण देश बर्षौ पछाडि धकेलिएको समेत बताए । त्यस्तै उनले जेन्जी आन्दोलनमा जानेहरु कसैले पनि न्याए नपाएको पनि उल्लेख गरे ।
थप कुराकानी गर्दै उनले २०७९ सालमा नै आफु गृहमन्त्री भएको भए आज देशको यो अवस्था नहुने दाबी गरे । उनले नेपालको राजनीतिमा कुलमानजस्तो भ्रष्ट व्यक्ति कोहि नरहेको भन्दै कुलमानले पैसा कमाउने धन्दा बाहेक केही नगरेको आरोप लगाए । उनले बालेन र रबिलाई आफैंले पड्काएको एम्बुसमा आफैं परेको पनि बताए ।
त्यस्तै उनले नेकपा एसबाट छुट्एिर गएकाहरुसँग मिलेर प्रचण्ड ढोक्सो थापेर बसिरहेको भन्दै प्रचण्डले दाह्रा नङ्ग्रा झिकेको बाघ जस्तो भएको भन्दै पार्टी एकताको नाममा डेट एक्स्पाएर भएका नेताहरु बटुलिरहेको आरोप लगाए । त्यस्तै उनले महाविर पुन मन्त्री भएर पनि हाफ कट्टु चप्पल लगाएको र भिआइपी सेवा नलिएको भन्दै आफ्नो बेइज्जत आफैंले गरिरहेको पनि बताएका छन् ।
उनले सञ्चारमन्त्री आफैँ नेपोबेबी हुन् भन्दै सरकार मिलेर जेनजी आन्दोलनको सारा अपराधिक प्रमाण नष्ट गर्न लागि परेको समेत बताए । [केन्द्रबिन्दु टि.भिसँग भएको कुराकानीका आधारमा]































प्रतिक्रिया