प्रधानमन्त्री कार्कीले जेनजीको लासमाथी राजनीति गरेको एमाले नेतृ झाँक्रीको आरोप

प्रधानमन्त्री कार्कीले जेनजीको लासमाथी राजनीति गरेको एमाले नेतृ झाँक्रीको आरोप

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेकपा एमालेकी नेतृ राम कुमारी झाँक्रीले प्रधानमन्त्री सुशिला कार्कीले जेनजीको लासमाथी राजनीति गरेको आरोप लगाएकी छिन् । उनले केन्द्रविन्दु टिभिसँग कुराकानी गर्दै जेनजी आन्दोलनमा बालबच्चाको ज्यान गएता पनि सत्तामा भने हजुरआमाले मस्ती गरेको आरोप लगाएकी हुन् । जेनजी आन्दोलनपछि समाजवादी पार्टी छोडेर नेकपा एमालेमै पुर्न फर्किएकी झाँक्री अहिले एमालेको ११औँ महाधिवेशनमा व्यस्त छिन् ।

उनले विगतमा एमाले पार्टी छोडेर भुल भएको भन्दै अहिले एमालेमा फर्कदा घर गएको जस्तो भएको समेत बताएकी छन् । उनले माधव कुमार नेपालले धोका दिएता पनि नेपालसँग कुनै गुनासो नभएको उल्लेख गरिन् । उनले अहिले सबै दलका नेताहरु मिलेर ओलीलाई प्रहार गर्न लागि परेका छन् । केपी ओली अहिले एक्लै संर्घष गरिरहेको पनि उनले बताए ।

Logo