हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला सुरु

हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला सुरु

केन्द्रबिन्दु
66
Shares

चितवन। सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को ‘वार्षिक वितरक भेला २०२५’ यहाँ सुरुवात भएको छ ।

पछिल्लो दिनमा हिक भिजन चीनबाट ‘सिसिटिभी सर्भिलेन्स’ सम्बन्धी ‘सिरिज’ घरायासी प्रयोजनदेखि पसल कार्यालय, विद्यालय, सभाहल टोल सार्वजनिकस्थललगायत आदिमा प्रयोग गर्न मिल्ने क्षमताको ‘सिसिटिभी’, हाजिरी उपस्थिति उपकरण, ‘स्मार्ट इन्टरआक्टिभ बोर्ड’, ‘लक सिस्टम’, ‘गेट ब्यारिअर’ , ‘अलार्म सिष्टम’, ‘फायर स्मोक’ लगायतका ‘डिटेक्टर सिष्टम’, ‘अण्डर भेहिकल सर्भिलियन्स सिष्टम’ ‘एक्सरे मेसिन’ लगायत उपकरण उत्पादित छन् । यी उपकरण विश्वबजारमा लोकप्रिय छ ।

नेपालको आधिकारीक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिद्वारा आयोजित सो भेलामा देशभरका हिक भिजन ‘ब्राण्ड’को नेपालको आधिकारिक वितरक सहभागी भएका छन् । भेलामा हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक लियोन झि सहभागी भएका छन् ।

म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रमोदकुमार अधिकारीले भेलामा देशभरका हिक भिजन ‘ब्राण्ड’को नेपालको आधिकारी वितरकहरू सहभागी भएको जानकारी दिए । उनका अनुसार वितरक भेलामा सूचना प्रविधिका उद्यमी, वितरक साझेदारले नवीनतम विषय र हिक भिजनका उत्पादनसँग सम्बन्धित ‘फ्रेन्ड्लि सफ्टवेयर’का बारेमा जानकारी लिन सक्ने छन् ।

भेलामा आगामी सन् २०२६ को योजना, सन् २०२५ को समीक्षा र सन् २०२४ को डिलर पार्टनको तर्फबाट उत्कृष्ट १० डिलरलाई सम्मान तथा अन्य डिलरलाई सम्मान गरिने उनले बताए । म्याक्सिमा मल्टिनेशनल ट्रेडिङ प्रालिका सञ्चालक समितिका अध्यक्ष एवं कार्यकारी निर्देशक मणिकुमार तामाङले हिक भिजन ‘ब्राण्ड’ उपकरण विश्वासिला, गुणस्तरीय र भरपर्दाे रहेका बताए ।

Skip This
Skip This
Logo