मिथेन उत्सर्जनमा न्यूजिल्याण्डको संशोधित २०५० लक्ष्य सार्वजनिक

मिथेन उत्सर्जनमा न्यूजिल्याण्डको संशोधित २०५० लक्ष्य सार्वजनिक

केन्द्रबिन्दु
12
Shares

वेलिङ्गटन । न्यूजिल्याण्डले सन् २०५० का लागि ‘मिथेन उत्सर्जन’ लक्ष्य घटाउने विधेयक पारित गर्दै कृषि उत्पादनशिलता र उत्सर्जन कटौतीबीच सन्तुलन कायम गर्ने प्रयास गरेको छ ।

शुक्रबार संसदमा पारित ‘क्लाइमेट चेन्ज रिस्पोन्स’ ९२०५० टार्गेट एन्ड अदर म्याटर्स० एमेन्डमेन्ट बिलले नयाँ लक्ष्य सन् २०१७ को तुलनामा १४–२४ प्रतिशत मिथेन कमी निर्धारण गरेको छ, जुन पहिलेको २४–४७ प्रतिशत लक्ष्यभन्दा निकै कम हो ।

सरकारका अनुसार, अद्यावधिक लक्ष्यले जलवायु सम्बन्धी कानुनलाई समयअनुकूल बनाउने उद्देश्य राख्छ । कृषि मन्त्री टोड म्याक्लेले यो लक्ष्यले किसान र निर्यातकलाई दीर्घकालीन निश्चितता दिने बताए । जलवायु परिवर्तन मन्त्री साइमन वाट्सका अनुसार, उत्सर्जन कटौती प्रविधि विकासमार्फत हुने हो, फार्म बन्द गरेर होइन ।

सरकार र उद्योगले संयुक्त रूपमा ४० करोड न्यूजील्याण्ड डलर लगानी गरेर मिथेन घटाउने प्रविधिहरू विकास गरिरहेका छन् । तीमध्ये पहिलो प्रविधि सन् २०२६ बाट किसानका फार्ममा उपलब्ध हुनेछ भने सन् २०३० सम्ममा करिब ११ वटा प्रविधि बजारमा आउने अपेक्षा गरिएको छ ।

विधेयकले लामो अवधि कायम रहने ग्यासहरूको नेट–जिरो लक्ष्य भने यथावत राख्दै, अद्यावधिक लक्ष्यसँग तालमेल राख्न चौथो उत्सर्जन बजेटलाई पछि सारिएको छ । -सिन्ह्वा

Logo