काठमाडौँ

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीको विधान परिमार्जन गरी संगठन सृदृढीकरण गर्नु पर्नेमा जोड दिएका छन् । "/>

सरकारका गलत कदमविरुद्ध काँग्रेस एक ढिक्का भई उभिनु पर्ने

सरकारका गलत कदमविरुद्ध काँग्रेस एक ढिक्का भई उभिनु पर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले पार्टीको विधान परिमार्जन गरी संगठन सृदृढीकरण गर्नु पर्नेमा जोड दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सोमबार बोल्ने केन्द्रीय सदस्यले निर्वाचनको समीक्षा सम्बन्धमा नेतृत्व तहमै आरोपप्रत्यारोप गर्दा कार्यकर्तामा थप निराशा हुने बताउँदै पार्टी सुधारका लागि अघि बढ्न सुझाव दिए।

केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ अपेक्षित सिट ल्याउन नसकेपनि लोकप्रिय मतका आधारमा काँग्रेस पहिलो पार्टी नै रहेको बताउँदै निर्वाचनमा ठूलो पराजय भयो भनेर आत्तिनु भन्दा पार्टीलाई आगामी दिनमा सशक्त बनाई अघि बढ्नु पर्ने धारणा व्यक्त गरे ।

निर्वाचनमा दुई ठूला कम्युनिष्ट दल एक भएर चुनाव लडेका कारण काँग्रेसले प्रत्यक्षतर्फ कम सिट ल्याएपनि समानुपातिकतर्फ अपेक्षित परिणाम नै प्राप्त गरेको उनले बताए । केन्द्रीय सदस्य विश्वकर्माले विधान परिमार्जन गरी पार्टीलाई सुदृढीकरण गर्नु पर्ने बताउँदै आगामी दिनमा काँग्रेस एक ढिक्का भई वर्तमान सरकारका गलत कदमविरुद्ध सशक्त प्रतिपक्षका रुपमा उभिनु पर्नेमा जोड दिए । केन्द्रीय सदस्य रत्न शेरचनले वाम दलबीचको गठबन्धन, पार्टीमा भएका कमीकमजोरी नसच्याउनु, टिकट वितरण गर्दा पार्टीमा योगदान दिएका भन्दा आफ्ना मान्छेलाई प्राथमिकतामा राख्नु, मनोनयनको अघिल्लो दिन सम्म पनि टिकटको टुंगो नलाग्नु लगायत कारणले पार्टी पराजय भएको बताए ।
नागरिकबाट

Logo