सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकलाई समृद्ध बनाउने अवसरलाई सदुपयोग गर्न सरकारलाई सुझाव दिएका छन् ।
उपाध्यक्ष गौतमले मुलुक निर्माण गर्ने अवसरलाई सदुपयोग गर्न नसके ५ वर्षपछि बाम गठबन्धन नेतृत्वको सरकारलाई पनि जनताले ढालिदिने चेतावनी दिए । उपाध्यक्ष गौतमले जनताको भरोसा हुनेगरी काम गर्ने अवसर वर्तमान सरकारलाई रहेको पनि स्मरण गराए । सोमबार काठमाडौंमा राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको आकर्षणको केन्द्रविन्दु बन्न पनि सरकारले मुलुकको विकास र समृद्धिको अभियानलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता औंल्याए ।
उपाध्यक्ष गौतमले बाम गठबन्धनले हासिल गरेको उपलब्धि जोगाई राख्न पनि सरकारले इमान्दारिताका साथ जनता र राष्ट्रको सेवा गर्नुपर्ने बताए । उनले मुलुकलाई समृद्ध बनाउने अवसर सदुपयोग नगरे ५ वर्षपछि पुनः काँग्रेसको शासन सूरु हुने पनि बताए ।





























प्रतिक्रिया