चितवन,

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आज एउटा ग्याँस बुलेट त्रिशूली नदीमा खसेको छ । "/>

ग्याँस बुलेट त्रिशूलीमा खस्यो : बुलेट चालकको प्रहरीद्वारा उद्धार

ग्याँस बुलेट त्रिशूलीमा खस्यो : बुलेट चालकको प्रहरीद्वारा उद्धार

केन्द्रबिन्दु
0
Shares

चितवन,

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीबाट आज एउटा ग्याँस बुलेट त्रिशूली नदीमा खसेको छ । उक्त दुर्घटनामा परी घाइते भएका बुलेटका चालक राजु ओलीको प्रहरीले उद्धार गरेको छ ।

भारतबाट काठमाडौँ जाँदै गरेको एच आर ३ एच आर ९७७० नं को ग्याँस बोकेको बुलेट अनियन्त्रित भई पल्टिएर त्रिशूली नदीमा खसेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । बुलेटको डिब्बा छुट्टिएर पानीमा डुबेकाले अहिले निकाल्ने प्रयास भइरहेको छ । थप विवरण प्राप्त भएको छैन ।
रासस

Logo