काठमाडौं
नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अहिले बसिरहेको छ । दाहाल निवास खुमलटारमा आज बिहान ७ बजेबाट सुरु भएको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक विषयका बारेमा छलफल भइरहेको दाहालका प्रेस सल्लाहाकार बिष्णु सापकोटाले बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका बीच केही दिन देखि जारी बैठकमा भएका प्रगतिका बारेमा अध्यक्ष दाहालले बैठकमा जानकारी गराउने बताइएको छ ।































प्रतिक्रिया