काठमाडौं

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक कलह मिलाएर अघि बढे आगामी चुनावमा कांग्रेस फेरि सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । "/>

कांग्रेस नेताहरुबीच बैठकमै घोचपेच

कांग्रेस नेताहरुबीच बैठकमै घोचपेच

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक कलह मिलाएर अघि बढे आगामी चुनावमा कांग्रेस फेरि सबैभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । कांग्रेसको काठमाडौं जिल्ला समिति भेलालाई शनिबार सम्बोधन गर्दै देउवाले गत चुनावमा कांग्रेसमा व्यापक अन्तर्घात भएको दाबी गरे । उनले भने, ‘हाम्रा २० जना नेता अन्तर्घातले चुनावमा पराजित भए, यो सुधारेर अघि बढ्नुको विकल्प छैन ।’ उनले आपसी मतभेद बिर्सेर पार्टीको हितमा एक हुन पनि सबैसँग आग्रह गरे । उनले पार्टी पदाधिकारीको मनोनयन छिट्टै हुने र विभागहरूले पनि पूर्णता पाउने बताए ।

महामन्त्री शशांक कोइरालाले पार्टीमा व्याप्त गुटउपगुटको अन्त्य गर्न सभापतिसँग आग्रह गरे । उनले पार्टीमा अराजकता फैलिएको र अराजकता अन्त्य गरी अघि बढ्न समेत सबैसँग आग्रह गरे । ‘कांग्रेससँग राजनीतिक इतिहास, विचार र कार्यकर्ता सबै छ’, उनले भने, ‘हामीले यसलाई सही ढंगले जनमानसमा लैजान सकेनौं कि ’ पार्टी भित्रका गुटउपगुटलाई अन्त्य गर्न सभापतिले प्रयास गरे आफूले सघाउने उनको भनाइ थियो ।

राष्ट्रिय सभागृहमा आयोजित जिल्ला भेलामा पूर्वमहामन्त्री प्रकाशमान सिंहले सभापति देउवाको कार्यशैलीको आलोचना गरे । उनले आरोप लगाए, ‘उहाँले समग्र पार्टी गतिशील बनाउन सक्नु भएन, आफ्नो गुट/समूहका नेतासँग मात्र रमाउनु भयो ।’ उनले सभापति देउवाबाट पार्टी अघि बढ्न नसक्ने भन्दै तत्काल महाधिवेशनको माग गरे । केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले शीर्ष नेतृत्वसँग फराकिलो मन बनाएर पार्टी एक ढिक्का गर्न सुझाए । उनले भने, ‘हामी मिलेर अघि बढ्यौं भने सबै समस्या सल्टिन्छ ।’
अन्नपूर्णबाट

Logo