काठमाडौं

मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम दुई साता देखि ठप्प भएको छ । ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सीएमसी रिभेनाले आर्थिक अभाव देखाएपछि सो काम ठप्प भएको हो । "/>

मेलम्ची आयोजनाको काम २ साता देखि ठप्प !

मेलम्ची आयोजनाको काम २ साता देखि ठप्प !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण काम दुई साता देखि ठप्प भएको छ । ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सीएमसी रिभेनाले आर्थिक अभाव देखाएपछि सो काम ठप्प भएको हो । निर्माण सामग्री किन्न नसक्दा काम रोकिनु परेको आयोजनाको जवाफ छ । मेलम्चीको सुरुङ खन्ने काम गएको चैत २७ गते सम्पन्न भएपछि उक्त दिन देखि अहिले सम्म कुनै काम भएको छैन।

२६ किमि सुुुरुङ मध्ये २४ किमिमा फिनिसिङको काम गर्नै बाँकी रहेको जनाइएको छ । १८ महिना अघि ब्रेक थ्रु भएको सुन्दरी जल–सिन्धु खण्डमा २ किलो मिटर बाहेक फिनिसिङको काम हुन सकेको छैन । फिनिसिङमा सुरुङको पानी बग्ने तल्लो भागमा ढलान, दायाँ–बायाँ र माथिल्लो भागमा प्लास्टर पर्दछ ।

यस्तै ड्यामको पुरै काम गर्न बाँकी रहेको छ । अझै सम्म ३५ प्रतिशत काम बाँकी रहेको आयोजनाले जनाएको छ । बीचबीचमा काम रोक्ने आयोजनाको शैली प्रति सरकारले ध्यान दिनु पर्ने स्थानीयबासी बताउँछन् । सुरुङको ब्रेक थ्रु भएको घोषणा गर्न गत चैत २९ गते मेलम्ची भ्याली पुगेकी खानेपानी मन्त्री विना मगरले दशैं अघि नै घरघरमा मेलम्चीको पानी पु¥याउने प्रतिबद्धता जनाएकी थिइन् ।
नेपाल समाचारपत्रबाट

 

Logo