भक्तपुर ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाका मेयरमाथि अज्ञात समूहले आक्रमण गरेको छ । मध्यपुर ठिमी नगरका मेयर मदन सुन्दर श्रेष्ठ माथि अज्ञात समूहले हातपात गरेको हो ।
प्रहरीकाअनुसार मेयर श्रेष्ठ आफ्नै घर अगाडी गाडीबाट झर्ने क्रममा अज्ञात समूहले रड प्रहार गरि घाइते बनाएको छ । मेयर श्रेष्ठको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ ।
मेयर श्रेष्ठको अहिले मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा स्थानीय भेला भएका छन् ।
आक्रमण गर्ने समूहको पहिचान खुलेको छैन् । खोजी कार्य जारी रहेको अहिलेसम्म आक्रमण कसले र किन गरायो भन्ने नखुलेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया