जिप दुर्घटनामा तीनको मृत्यु, १६ घाइते

जिप दुर्घटनामा तीनको मृत्यु, १६ घाइते

केन्द्रबिन्दु
0
Shares

डोटी ।

डोटीको शिखर नगरपालिका–३ आली गाउँमा आज दिउँसो यात्रु बोकेको जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी अन्य १६ जना घाइते भएका छन् । 

दिपायलबाट जोरागाउँतर्फ जाँदै गरेको शैलेश्वरी यातायातको ग १ ज ५२७५ नंको जिप गाउँ नजिकै खोलामा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरगाउँकै ४० वर्षीया खिन्तुरी भुल, ३२ वर्षीया कटी सार्की र १४ वर्षीय बालक सुरज भुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । 

प्रहरी र स्थानीयवासी मिलेर घाइतेहरुको उद्धार जारी रहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक दिलबहादुर कुँवरले जानकारी दिनुभयो । रासस/Photo:File

Skip This
Skip This
Logo