स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

स्ट्याण्डर्ड चार्टर्ड बैंकको १९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

केन्द्रबिन्दु
27
Shares

काठमाडौं। स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश साधरणसभाबाट पारित भएको छ ।

सोमबार काठमाडौंमा सम्पन्न बैंकको ३९ औँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १६ गते बुकक्लोज गर्ने गरेको थियो । यस अनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको लाभांश प्राप्त गर्न सक्नेछन्।

सभालाई सम्बोधन गर्दै अध्यक्ष रंगनाथनले लगानीकर्ता, ग्राहक, नियामक निकाय, कर्मचारी तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गरे।

हाल बैंकमाा स्ट्यान्डर्ड चार्टर्ड समूहको ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बैंकले नेपालमा आर्थिक वृद्धिमा योगदान पुर्याउँदै उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

Logo