काठमाडौँ । नेकपा (एमाले) को महाधिवेशनबाट विभिन्न आयोग, क्लष्टर, भूगोल तथा समूहका पदमा १५ जना नेता तथा कार्यकर्ता निर्बिरोध निर्वाचित भएका छन्। सहमतिको अभ्यासलाई प्राथमिकता दिँदै नेतृत्व चयन गरिएको एमालेले जनाएको छ।
महाधिवेशनबाट हरि कुमार घिमिरे, प्रा. डा. भरतराज पहारी, चक्रबहादुर पराजुली, डा. राजेन्द्र घिमिरे, डा. पुष्पराज कडेल, धनेन्द्र राज घिमिरे, ईश्वरीप्रसाद खरेल, अमर कुमार यादव, खाजीदा खातुन सिद्धिकी, कमला देवी तामाङ, सिता लामा, गुमादेवी आचार्य (गोमा), मेनका कुमारी पोखरेल, शान्तिदेवी ढकाल, सुसिल थापा र नरेश रोकाया निर्बिरोध निर्वाचित भएका हुन्।
पार्टीले प्रवास, आयोग, महिला, युवा, श्रमिक, मधेशी तथा भूगोलगत प्रतिनिधित्वलाई सन्तुलित रूपमा समेट्दै समावेशी नेतृत्व निर्माण गरिएको जनाएको छ। एमाले महाधिवेशनले संगठनात्मक एकता सुदृढ गर्दै आगामी राजनीतिक कार्यदिशा थप स्पष्ट बनाएको पार्टीको दाबी छ।





























प्रतिक्रिया