काठमाडौँ

कलंकी चोकमा बनिरहेको ‘अन्डरपास वे’ को काम अन्तिम चरणमा पुगेको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ । "/>

कलंकीको अन्डरपास अन्तिम चरणमा

कलंकीको अन्डरपास अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

कलंकी चोकमा बनिरहेको ‘अन्डरपास वे’ को काम अन्तिम चरणमा पुगेको काठमाडौं चक्रपथ सुधार योजनाले जनाएको छ । योजनाका इन्जिनियर निरञ्जन शर्माका अनुसार योजना अन्तर्गतको अन्डरपास बनाउने काममा ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।

चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा बनिरहेको सो ‘अन्डरपास वे’ मा अहिले दुवैतर्फबाट छिचोलेर, फिनिसिङका कामहरू भइरहेको उनले बताए । १५ महिना अघि शुरू गरिएको अन्डरपासको निर्माण कार्यले १० दिन अघि मात्रै अन्डरपासलाई दुवैतर्फबाट छिचोलेको थियो । ‘जुनको अन्तिममा अन्डरपासको काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।’ –इन्जिनियर शर्माले भने ।

अन्डरपास सम्पन्न नहुन्जेल उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रु र चक्रपथको यात्रा गर्ने यात्रुले ट्राफिक जाम भोग्दै आइरहेका छन् भने अन्य यात्रुहरू घण्टौं जाममा बस्नु पर्ने बाध्यता छ । उक्त कार्यका लागि ८ सय मिटर लामो अन्डरपासमा २० देखि ३४ मिटर गहिराइ सम्म गई पाइलिङ गरिएको छ । ४ लेनको यस अन्डरपासमा १० टन सम्मको सवारी गुडाउँदा ८ देखि १० वर्ष सम्म टिकाउ हुने निर्माण पक्षले दाबी गरेको छ ।

अन्डरपास माथि पुल हुनेछ । अन्डरपास बनेपछि थानकोटबाट कालिमाटीतर्फ गुड्ने सवारी साधन अहिलेकै अवस्था अनुसार र चक्रपथ परिक्रमा गर्ने सवारीहरू पुल मुनिबाट गुड्नेछन् । यस्तै कालीमाटीबाट स्वयम्भु जाने सवारी माथिबाटै र थानकोटबाट बल्खु तथा स्वयम्भु जाने सवारी दायाँबाट जानेछन् ।
नेपाल समाचारपत्रबाट

Logo