भृकुटीमण्डपमा एमालेका नेतालाई भोट माग्दै ज्योती मगर

भृकुटीमण्डपमा एमालेका नेतालाई भोट माग्दै ज्योती मगर

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन भृकुटीमण्डपमा जारी छ । नेता कार्यकर्ता बिहानैदेखि प्रतिनिधिहरूसँग मत मागिरहेका छन् ।

यसैबीच गायिका ज्योती मगर पनि एमालेका नेतालाई भोट माग्दै महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छिन् । केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पूर्णबहादुर गुरुङ, किरण गुरूङ लगायतको पक्षमा प्रचार सामग्री बोकेर गायिका मगर महाधिवेशनस्थल पुगेकी हुन् ।

उम्मेदवारको फोटो हातमा लिँदै उनले मत मागेकी छन्।

नयाँ नेतृत्व चयनका लागि आज दिउँसो ४ बजेपछि मतदान हुने कार्यक्रम छ । एमालेको अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् । ३०१ केन्द्रीय कमिटीमा निर्वाचित हुने महाधिवेशनमा नेताहरूले विभिन्न पदमा उम्मेदवारी दिएका छन् ।

Skip This
Skip This
Logo