गोदरेजका फ्रन्ट–लोड वाशिङ मेसिनमा ४ वर्षे वारेन्टी

गोदरेजका फ्रन्ट–लोड वाशिङ मेसिनमा ४ वर्षे वारेन्टी

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । उपभोक्तालाई अत्याधुनिक प्रविधिसँगै दीर्घकालीन भरोसा प्रदान गर्ने उद्देश्यले गोदरेज अप्लाइसेन्सले नेपाली बजारमा आफ्ना प्रिमियम फ्रन्ट–लोड वाशिङ मेसिनहरूमा ४ वर्षे कम्प्रेहेन्सिभ वारेन्टी सार्वजनिक गरेको छ।

“वन्ली विथ गोदरेज” ट्यागलाइनसहित ल्याइएको यस सुविधाले वाशिङ मेसिन सेग्मेन्टमा गोदरेजलाई उपभोक्ताको विश्वासको नयाँ मापदण्डका रूपमा स्थापित गरेको कम्पनीको दाबी छ। गोदरेजले ४ वर्षको कम्प्रेहेन्सिभ वारेन्टीसँगै १० वर्षको मोटर वारन्टी उपलब्ध गराउँदै मर्मत, पार्ट्स तथा सेवासम्बन्धी चिन्ताबाट उपभोक्तालाई दीर्घकालीन निश्चिन्तता प्रदान गरेको जनाएको छ।

यी वाशिङ मेसिनहरू एआई पावर्ड टर्बिलिटी सेन्सिङ प्रविधिसहित डिजाइन गरिएका छन्, जसले पानीमा रहेको डिटर्जेन्टको अवशेष पहिचान गरी आवश्यकताअनुसार रिन्सिङ प्रक्रिया स्वचालित रूपमा समायोजन गर्छ। यस प्रविधिले १५० प्रतिशतसम्म बढी रिन्सिङ प्रभावकारिता प्रदान गर्नुका साथै सामान्य रिन्स साइकलको तुलनामा ५० प्रतिशतसम्म कडा डिटर्जेन्ट हटाउन सक्षम हुने बताइएको छ। यसबाट कपडा लामो समयसम्म सफा, नरम र सुरक्षित रहने कम्पनीको भनाइ छ।

घरायसी प्रयोगलाई मध्यनजर गर्दै वाशिङ मेसिनमा १०० भन्दा बढी कठिन दाग (हल्दी, दाल, कुकुम, मेहन्दी, अचार आदि) हटाउने क्षमता, इन–बिल्ट हिटर सहितको स्टिम वास टेक्नाेलाेजी, ९५ डिग्री सेल्सियससम्म पानी तताएर गहिरो तथा हाइजिनिक धुलाई, प्रत्येक ४५ वाशपछि स्वचालित रिमाइन्डरसहितको एड‍्भान्स्ड ट्युब क्लिन सुविधा समावेश गरिएको छ।

त्यसैगरी, टप–लोड वाशिङ मेसिनको तुलनामा ६५ प्रतिशतसम्म पानी बचत, १४०० आरपीएम हाई–स्पिन मोटर, शान्त र ऊर्जा–दक्ष डिजिटल इन्भर्टर माेटर टेक्नाेलाेजी, हल्का प्रयोग भएका कपडाका लागि रिफ्रेस प्राेगाम तथा जीवाणु नियन्त्रणसहितको हाइजिन वास जस्ता विशेषताहरू पनि रहेका छन्।

गाेदरेजका यी प्रिमियम वाशिङ मेसिनहरू इयाेन रिगेल्स सिरिजअन्तर्गत ८ केजी र ९ केजी क्षमतामा म्याट ब्ल्याक तथा रोज गोल्ड रङमा उपलब्ध छन्। यी उत्पादनहरू नेपालभर इजी इलेक्ट्रोनिक्समार्फत बिक्री वितरण भइरहेको छ।

कम्पनीका अनुसार ४ वर्षे कम्प्रेहेन्सिभ वारेन्टी सुविधा सीमित समयका लागि मात्र लागू हुनेछ । अत्याधुनिक प्रविधि, उच्च हाइजिन र दीर्घकालीन वारन्टीको संयोजनमार्फत गोदरेजले नेपाली उपभोक्तालाई स्मार्ट टेक्नोलोजीसँग भरोसाको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ।

Logo