काठमाडौं। एमालेको ११औं महाधिवेशनमा अध्यक्ष पदको मतदान आज भृकुटीमण्डपमा सुरु भएको छ । केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिलो भोट हाल्दा वातावरणमा उत्साह फैलियो।
प्रतिनिधिहरू क्रमशः बुथतिर प्रवेश गर्दै छन्। कार्ड स्क्यान, प्वाल पार्ने र मेसिनमा भोट हाल्दा कहिलेकाहीँ टच नलाग्दा डबल ट्याप गर्नुपर्ने र मत ‘विथड्र’ हुन सक्ने अनुभव भइरहेको एक नेताले बताए ।
प्रविधिमा सजिलोलाई करिब २५ मिनेट लाग्छ भने केहीलाई ४० मिनेटसम्म समय लाग्न सक्छ । फोन भित्र लैजान नदिइए पनि सूची बोकेर जान अनुमति छ । नेता, मेसिन र मतदाता सबै एउटै बुथमा भएको दृश्य अनौठो र रोमाञ्चक प्रतिनिधीहरुले बताएका छन् ।





























प्रतिक्रिया