एमाले महाधिवेशनः सात घण्टामा खस्यो ७२० मत

एमाले महाधिवेशनः सात घण्टामा खस्यो ७२० मत

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो । बिहान करिब ९ बजेबाट मतदान सुरु भएको थियो ।

बिहान नौ बजेदेखि सुरु भएको मतदानमा ८० वटा मेसिन प्रयोग भइरहेको छ । उत्साह साथ प्रतिनिधि मतदानमा सहभागी भए पनि मतदान प्रक्रियाले लामो समय लिएको हो । एमाले महाधिवेशनमा जम्मा २ हजार २ सय ६३ प्रतिनिधिरहेका छन् ।

एक जनालाई मतदान गर्न कम्तिमा ३० मिनेट समय लाग्ने गरेको पाइएको छ । चुनावी प्रतिस्पर्धामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दुई अलग–अलग प्यानल रहेका छन्।

Skip This
Skip This
Logo