काठमाडौँ
पटक–पटक ताकेता गर्दा पनि बक्यौता रकम नतिरेपछि नेपाल टेलिकमले प्रधानमन्त्री कार्यालय देखि मन्त्रालय र संसद सचिवालय सम्मको टेलिफोन लाइन काटेको छ । टेलिफोन सेवा नभएपछि बुधबार सिंहदरबार भित्रका अधिकांश सरकारी कार्यालय अस्तव्यस्त बने ।
कतिपय कार्यालयले बुधबार अबेर रकम बुझाएर लाइन खुलाए पनि अधिकांशका टेलिफोन सेवा ठप्पै छन् । नयाँ बिलिङ प्रणाली अनुसार बक्यौता रकम नतिरेका देशभरका सरकारी कार्यालय तथा कूटनीतिक नियोगका कार्यालयको टेलिफोन काटिएको टेलिकमले जनाएको छ ।
संघीय संसद सचिवालयले टेलिकमलाई ६० लाख बक्यौता तिर्न बाँकी रहेको स्रोतले बतायो । सचिवालयले केही वर्ष देखि नियमित बिल अनुसारको रकम तिर्दै आए पनि धेरै वर्ष अघि देखिको बक्यौता बाँकी छ । संसद सचिवालयका सहसचिव सुरजकुमार दुराले आफूहरूले टेलिकमलाई केही समयका लागि सेवा खोलिदिन आग्रह गरिसकेको र बिहीबार देखि कार्यान्वयन हुने बताए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया