काठमाडौँ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैध नेटवर्क व्यवसाय सञ्चालन गर्ने सात जनालाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले लामो समय देखि आइबोस ग्लोबल मार्केटिङ कम्पनीको नाममा सर्वसाधारणलाई आइबोस सदस्य बनाउने काभ्रेका राजकुमार दंगाल, भक्तपुरका नारायण शिवाकोटी, रामेछापका भक्तबहादुर नेपाली, रवीन नेपाली, पूर्णबहादुर श्रेष्ठ, तिर्सना सुनुवार र सोलुखुम्बुका प्रदीप राईलाई मंगलबार पक्राउ गरी हिजो सार्वजनिक गरेको हो ।
सात जनाले झण्डै आठ हजारलाई सदस्यता बनाएको अनुसन्धानमा खुल्न आएको ब्यूरोले जनाएको छ । जस मध्ये शिवाकोटीले पाँच हजार ८८९, भक्तबहादुरले २५०, रवीनले एक हजार ३२, राईले ३०१, सुनुवारले २०० र श्रेष्ठले १२१ सदस्यता बनाएको अनुसन्धानमा खुलेको छ । दंगाल भने सञ्चालक हुन् । ६६ जनालाई नियन्त्रणमा लिएको ब्यूरोले अनुसन्धान पश्चात अरुलाई छाडेर सात जनालाई ठगी गरेको अभियोगमा कानून बमोजिम अनुसन्धान अगाडि बढाएको छ ।
रासस





























प्रतिक्रिया