बुटवल
प्रदेश ५ सरकारले मुख्यमन्त्री देखि प्रदेश सांसद सम्मको पारिश्रमिक बारे बनेका विधेयक प्रदेश सभामा पेश पठाउने भएको छ । पारिश्रमिक विधेयकहरु बुधवारको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेको छ । स्वीकृत विधेयक अब प्रदेश संसदमा लगिनेछ । प्रदेश मन्त्रीपरिषदको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले बैठकले तीन वटा निर्णय गरेको बताए ।
मन्त्रिपरिषद बैठकबाट स्विकृत भएको विधेयकमा मुख्यमन्त्रीको पारिश्रमिक ६० हजार ९ सय ७० रुपैयाँ रहेको छ । सभामुखको ५३ हजार, मन्त्रीको ५२ हजार, उपसभामुखको ५० हजार, राज्यमन्त्रीको ४९ हजार, सहायक मन्त्रीको ४७ हजार प्रस्ताव गरिएको छ । त्यस्तै संसदमा राजनीतिक दलका प्रमुख सचेतकहरुको ४८ हजार र प्रदेश सदस्यहरुको ४५ हजार रुपैयाँ पारिश्रमिक पाउने प्रस्ताव गरिएको छ । मन्त्री गिरीका अनुसार पारिश्रमिकका अतिरिक्त अतिथि सत्कार, टेलिफोन तथा पत्रपत्रिकाका लागि समेत रकम तोकिएको छ ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया